वाईसिएल नेपालको प्रदेश अभियान सम्पन्न, क्रान्ति र सहिदको सपना पुरा गर्न सशक्त रुपले लाग्ने अठोट

शुभ मनसुङ
काठमाडौं । वाईसिएल नेपाल प्रदेश एकले प्रदेश अभियान सम्पन्न गरेको छ । मङसिर २४ गते बसेको वाईसिएल प्रदेश एकको पुर्ण बैठकले फागुण १४ अर्थात सहिद सप्ताहको दिनबाट कार्यक्रम सुरु गरी चैत ३ गते समापन गर्नेृ निर्णय अनुसार भब्यरुपमा अभियान सम्पन्न भएको वाईसिएल प्रदेश संयोजक कर्मा पुलामीले जानकारी दिनुभयो । जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर फाल्गुन १४ गते सोलुखम्बुबाट सञ्चालन भएको अभियान १४ वटै जिल्लामा राजनैतिक–बैचारिक प्रशिक्षणसँगै विभिन्न सांगठनिक कार्यक्रम गरि समापन भएको हो ।
अभियानको मुख्य उदेश्य जिल्ला जिल्लामा संगठन सुदृधीकरणसँंगै समसामयिक परिवेशमा क्रान्तिकारी युवाहरुहको भुमिकालाई मध्यनजर गर्दै आगामि दिनमा पार्टी र क्रान्तिको निम्ति शसक्त युवाहरु तयार गर्न रहेको प्रदेश इन्र्चाज एविराज राईले बताउनुभयो । यसैक्रममा संखुवासभा,उदयपुर लगायत विभिन्न जिल्लाबाट बिभिन्न दलका युवाहरु पार्टी परित्याग गरि सयौँको सख्यामा वाईसिएलमा प्रवेश गरेका छन् ।
अभियानमा विशेष महत्वका साथ युवाहरुलाई हेरिएका थियो भने पार्टिको केन्द्रिय नेताहरुले सबै जिल्लामा राजनैतिक, बैचारिक प्रशिक्षण दिएका थिए । समग्रमा अभियानको समिक्षा गर्दै पार्टिको उदेश्य, क्रान्ति र सहिदहरुको सपना साकार पार्न वाईसिएल नेपाल प्रदेश एक शसक्त रुपमा लागिरहेको र भविष्यमा अझ आत्मविश्वासको साथ क्रान्तिकारी युवाहरु अघि बढ्ने निष्कर्ष रहेको वाईसिएल नेपाल प्रदेश एकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्