पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङको अध्यक्ष रक्की थेबे नियुक्त

ताप्लेजुङ । पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा रक्की थेबेलाई नियुक्त भएका छन् । सरकारले थेबेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

आइतार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ सिरिजंघा गाउँपालिकाका थेबेलाई नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

विकास समितिले ताप्लेजुङस्थित पाथिभरा मन्दिर क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्धनका लागि काम गरिरहेको छ । समितिका तत्कालिन अध्यक्ष पुष्प बरुवालको कोरोना संक्रमणका कारण जेठमा निधन भएपछि सो पद खाली थियो ।

नवनियुक्त अध्यक्ष थेबे नेकपा एकीकृत समाजवादी ताप्लेजुङका उपसचिव हुन्।


प्रतिक्रिया दिनुहोस्