साफ यू-१८ महिला च्याम्पियनसिप : आज नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । १८ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग खेल्दै छ ।

भारतको जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

यस अघि बंगलादेशसँग भएको पहिलो खेलमा नेपाल ४–२ गोल अन्तरले पराजित भएको थियो । पहिलो खेलमा भारतसँग ७–० ले हारेको नेपाल भारतसँगको दोस्रो खेलमा ५ –१ ले पराजित हुन पुग्यो ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । ३ खेलमा अंकविहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तै आयोजक भारतले शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा छ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस्