ग्रीन भेन्चर्सको आईपीओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार ०८:४७ काडमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार साँझ ५ बजेसम्म ४ लाख ३२ हजार ४ सय २१ जना आवेदकहरुले ५४ लाख ५८ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा धेरै हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र ११ गतेदेखि ढीलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।