पत्रकार खगेन्द्र अधिकारी सिरिजङ्गा गाउँपालिकाद्धारा पुरस्कृत

काठमाडौं । पत्रकार खगेन्द्र अधिकारीलाई ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पुरस्कृत गरेको छ ।

खोजमुलक तथा समिक्षात्मक पत्रकारितामार्फत स्थानीय सरकारको जवाफदेहिता, जिम्मेवारी र कार्यशैलीबारे आम नागरिकलाइ सुसूचित गराउन भूमिका खेलेको भन्दै पत्रकार अधिकारीलाइ पुरस्कृत गरिएको हो ।

सिरिजङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका अवसरमा अधिकारीलाइ नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको पालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए ।

नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले अधिकारीलाइ नगद र प्रमाणपत्र वितरण गरेका हुन् । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहेका अधिकारी विगत दुईदशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।

साथै उनी ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका सम्पादक र नागरिक दैनिकाका सम्वाददाता समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961