भारतबाट ३८ रुपैंयामा विजुली किन्दै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा अभावको अवस्था उत्पन्न भएको बताएका छन् ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले भारतबाट प्रतिमेगावाट ३८ रुपैंयासम्मको लागतमा विद्युत आयात गरेर उद्योगमा आपूर्ती गर्ने जानकारी दिएका हुन् ।

कहिलेकाहीँ उत्पन्न हुने संकटका रुपमा पछिल्ला दिनमा विद्युत आपूर्ती कम भएको बताएका उनले ग्लोबल क्राइसिसका कारण नेपाल पनि आंशिक रुपमा त्यसबाट प्रचावित भएको बताएका थिए ।

उनले अन्य मुलुकको तुलनामा नेपाल उर्जाका क्षेत्रमा सबल अवस्थामा रहेको भन्दै आशावादी हुने अवस्था बाँकी नै रहेको बताएका हुन् । केही समय उर्जा अभाव रहने बताउँदै वर्षत सुरु भएसँगै स्वदेशी विद्युतमा आत्मनिर्भर हुन सकिने बताएका उनले त्यस पछिका दिनमा थोरै मात्रामा भए पनि विद्युत निर्यात गर्न सकिने बताए ।

अहिले भारतबाट महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २० करोड रुपैंयाको थप भार पर्ने बताएका उनले दीर्घकालसम्म समस्या रहीरहेको अवस्थामा भने विद्युतको मूल्य बढाउनै पर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961