आदिवासी जनजाती महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा गेल्जे लामा

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा चयन भएका छन् । नवलपरासीको कावासोतीमा सम्पन्न १०औं राष्टिय महाधिवेसनले शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध रुपमा चयन भएका छन । त्यस्तै उपाध्यक्ष पदमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा ९ढोक्या०, लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन ।

त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका हुन् । यस्तै ८ जना सचिव निर्विराध निर्वाचित भएका छन् ।

महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्