स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न शुक्रबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ पार्टी कार्यालय सानेपामा बस्दै छ ।

यसअघि शुक्रबारको बैठकमा प्रदेश सभापतिहरु उद्धव थापा (प्रदेश १), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर वानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी) र ललितजंग शाही (कर्णाली)ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

आज बाँकी केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने र स्थानीयहतको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षासमेत हुनेछ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म पहिलो चरणको घरदैलो अभियान गरिररहेको छ ।


प्रतिक्रिया दिनुहोस्