क्यानडाले रुसी तेल र ग्यास नकिन्ने देशहरुलाई इन्धन उपलब्ध गराउने

एजेन्सी – क्यानडाले विश्वव्यापी ऊर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

युक्रेनमाथिको आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्ति अबरुद्ध भएका कारण विश्वभर इन्धनको मूल्य आकासिएको छ ।

क्यानडाका ऊर्जामन्त्रीले रुसी तेल र ग्यासको विकल्पमा धेरै देशलाई इन्धन सहयोग गर्न तयार रहेको बताएका हुन् । क्यानडा विश्वको चौथो ठूलो तेल उत्पादक देश हो ।

क्यानडाले थप २० लाख ब्यारेल तेल उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । प्राकृतिक स्रोतमन्त्री जोनाथन विल्किन्सनले क्यानडा पनि थप १० लाख ब्यारेल प्राकृतिक ग्यास निर्यात गर्न तयार बताएका छन् ।

यद्यपि, रुसमाथिको प्रतिबन्धका कारण आगामी महिनादेखि बजारमा ३० लाख ब्यारेल तेल र ग्यासको अभाव हुनेछ । क्यानाडाको तेल निर्यात गर्ने क्षमता सीमित छ ।

किनभने यसका पाइपलाइनहरु हाल आफ्नो पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् । तर, वि ल्किन्सनले अमेरिकाबाट तेल पठाउने विकल्प खुला रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्