घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो आइतबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्