पोर्चुगलले कतारमा आयोजना हुने विश्वकप फुटबल खेल्न पाउने

एजेन्सी । कतारमा आयोजना हुने विश्वकप फुटबलमा पोर्चुगल छानिन् सफल भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगलले कतारको टिकट काट्न सफल भएको हो ।

गए राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्यो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।

३२ औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासमा ब्रुनोले अर्को गोल थपे । योसँगै पोर्चुगल लगातार छैटौंपटक विश्वकपमा छनोट हुन सफल भएको हो ।


प्रतिक्रिया दिनुहोस्