अर्जेन्टिनालाई इक्वेडरले बराबरीमा रोक्यो

जेन्सी । विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो ।

अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि खेलको अन्तिममा सम्हालिन नसक्दा बराबरीमा चित्ता बुझाउनु पर्यो । अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरे भने इक्वेडरका लागि इननेर भ्यालेन्सियाले गोल फर्काए ।

खेलको २४औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनलाई अग्रता दिलाएका थिए । तर इन्ज्युरी समयमा भ्यालेन्सियाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै १७ खेलबाट ३९ अंक जोडेको अर्जेन्टिना अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्