इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने

काठमाडौं । इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने भएको छ । इजरायलले झण्डै एक हजार नेपाली कामदार लैजाने भएको हो ।

इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने सन्दर्भमा आवश्यक छलफल भइरहेको विभागले जनाएको छ । विभागका अनुसार यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इजरायली पक्ष र निमार्ण क्षेत्रका कानुनी रुपमा जिम्मेवार निकायका प्रतिनिधिहरुबिच एक चरणमा भर्चुअल छलफल सम्पन्न भइसकेको छ ।

यस अघि पनि गत साउन १२ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा १ हजार कामदार माग गरेको थियो ।

जसमा महिला ७० प्रतिशत र पुरुष ३० प्रतिशत माग गरेको थियो । उक्त समय आवेदन दिएका मध्य १ हजार १७५ जना कामदार छनोट भएका थिए ।


प्रतिक्रिया दिनुहोस्