‘ए मेरो हजुर-४’ को ट्रेलर र गीत युट्युवबाट हट्यो

काठमाडौं । ‘ए मेरो हजुर-४’ को ट्रेलर र गीत युट्युवबाट हटेको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबबाट हालिएको ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीतको सम्पुर्ण प्रचार सामाग्री युट्युटबाट हटेको हो ।

निर्माण पक्षले आज नयाँ गीत सार्वजनिक गर्ने तयारी थियो । त्यसअगाडि नै २ गीत र १ ट्रेलर युट्युबबाट हटेको छ ।

बुढासुब्बाका अनुसार, च्यानल ह्याक गरिएको छ र सामाग्री हटाइएको छ । ट्रेलर र गीत फेरि युट्युबमा आउँछ या आउँदैन भन्न सकिने अवस्था छैन ।

फिल्मको गीत र ट्रेलरले लाखौं भ्युज पाउदै दर्शकको माया पाइरहेको थियो । वैशाख १ गतेबाट प्रर्दशनमा आउने उक्त फिल्मलाई झरना थापाले निर्देशन गरेकी छिन ।

फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्