माओवादी केन्द्र एक्लैले २ सय स्थानीय तह जित्छ : वर्षमान पुन अनन्त

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले कम्तीमा दुई सय पालिकामा प्रमुख जित्ने दाबी गरेका छन् । बिहीबार पार्टी सम्बद्ध प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले माओवादीले विना गठबन्धन कम्तीमा दुई सय तह जितेर पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

६ हजार सात सय ४३ वटै वडाको मत विश्लेषणको प्रारम्भिक रिपोर्ट सुनाउँदै नेता पुनले केही शहरी इलाकामा बाहेक गत स्थानीय तह निर्वाचनमा भन्दा माओवादीको अवस्था सबैतिर सुदृढ रहेको जानकारी दिएका छन् । चुनावी तयारीका क्रममा देशभरबाट प्राप्त रिपोर्टका आधारमा माओवादीले यसअघि दोस्रो भएका ७४ स्थानमा सजिलै जित्ने अवस्था देखिएको दाबी पनि उनले गरेका छन् ।
गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले १ सय १६ वटा पालिका र १३ सय बढी वडा जितेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाल, माओवादी केन्द्रका प्रचार विभाग सचिव गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले सम्बोधन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका महासचिव रोशन पुरीसहितका अतिथिहरु सहभागी थिए ।

प्रेस सेन्टर उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एशोसिएट प्रदेशले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको सभापतित्व प्रेस सेन्टरका उपत्यका प्रदेश अध्यक्ष नवराज दाहालले गरेका थिए भने संचालन एशोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्य र स्वागत मन्तब्य प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र ओलीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पुनले २०७४ सालको चुनावमा माओवादीसँग जम्मा तीन लाख पार्टी सदस्य रहेकोमा अहिले बढेर आठ लाख पुगेकाले दुई सय पालिका जित्न माओवादीलाई कुनै पार्टीसँग गठबन्धन गर्नु आवश्यक नपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961