मेस्सीको खुुट्टामा विश्वकपमा प्रयोग हुुने बलको ट्याटु

एजेन्सी । यस वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनाका सुपर स्टार लिओनल मेस्सीले नयाँ ट्याटु खोपेका छन् । उनले विश्वकपमा प्रयोग हुने बलको ट्याटु खोपेका हुन् ।

राष्ट्रिय टिमका कप्तान रहेका मेस्सी यस वर्ष करिअरको अन्तिम विश्वकप खेल्दै छन् । यो कुराको उनी आफैले केही दिन अघि संकेत दिएका थिए । उनले समुह चरणको ड्र भएको दिन नै विश्वकपमा प्रयोग हुने बलको ट्याटु खोपाएका हुन् ।

उनले ट्याटु खोपाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । मेस्सीले व्यक्तिगत रुपमा एडिडास कम्पनीसँग साझेदारी गरिरहेका छन् । साथै विश्वकपको बल पनि सोही कम्पनीले नै बनाएको हो । तीन दिन अघि मात्रै विश्वकप आयोजक कतारले प्रतियोगितामा प्रयोग हुने बल सार्वजनिक गरेको थियो ।

एडिडासले उत्पादन गरेको उक्त बलको नाम ‘अल रिल्हा’ रहेको छ । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झन्डाबाट प्रेरित रहेको बताइएको छ ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।

फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो समयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए । यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ । यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्