पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीद्धारा आन्दोलन स्थगित

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले आफूहरुको माग पूरा गर्न नेपाल आयल निगमले ४ बुँदे सहमत गरेको भन्दै आन्दोलन स्थगित गरेका हुन् ।

पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसका व्यवसायीहरुका मागबारे निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच भएको वार्ता तथा छलफलमा उनीहरुको मागबारे एक हप्ताभित्र उचित निष्कर्ष निकाल्ने र जेठ १५ सम्म मागसंग जोडिएका बिषय सक्नेबारे सहमती भएको निगमले जनाएको छ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

पेट्रोलियम बिक्रेताहरुले पेट्रोलियम पदार्थमा पाउँदै आएको कमिसन स्थगित भएकै मितिबाट लागू हुनेगरी पाउनुपर्ने तथा प्राविधिक नोक्सानी पनि पाउनुपर्ने लगायतका माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्