ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङघा गाउँपालिका वडा नं. २ आम्बेगुदिन लासा टोल निवासी २३ वर्षिय मुकेश भट्टराई रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रवत्ता तथा सुचना अधिकारी कैलाश कुमार अधिकारीका अनुसार गएराती करिब ८ ː ४५ बजे स्थानिय रन बहादुर चौहानको दुधडेरी अगाडी बसिरहेको अवस्थामा पानी सँगै परेको चटयाङले भट्टराईलाई भेटाएको थियो ।

घाईते अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि प्राथमिक उपचार केन्द्र तेल्लोक लगिएको थियो । स्वास्थ्य केन्द्र पु¥याए लगत्तै स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

भट्टराई सिरिजङघा गा.पा. भलिबल क्लबबाट भलिबल खेल्ने गर्थे । उनको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्