राष्ट्रिय खेलाडी बन्ने सपना….सपनामै सीमित !  

एलिना दियाली

ताप्लेजुङ / आफ्नो इच्छा अनुसार नै लागि परिरहेका थिए सिरिजङघा गाउँपालिका २ आम्वेगुदिन लासाटोलका मुकेश भट्टराई । तिन बहिनीका एक्ला माइती एवम् परिवारका एक्लो छोरा मुकेशको राष्ट्रिय खेलाडी बनेर देशलाई विश्वसामु चिनाउने सपना थियो । 

त्यही सपना साकार पार्न पालिका तथा क्षेत्र स्तरका खेलहरूमा लागि परिरहे । खेल र पढाईलाई समय दिन सकस भएपछि उनले बाँकी जीवन खेल क्षेत्रमा नै सम्पूर्ण गर्ने योजनाका साथ एसएलसी परीक्षा दिए सँगै पढाईलाई स्थगित गरे । 

पढाईलाई स्थगित गरेपछि उनलाई खेलमा समय दिन सहज भयो । पुरै समय खेललाई दिन थाले । आफूलाई विकास गर्दै लगे । सिरिजङघा गा.पा.ले सहभागी जनाएका कुनैपनि खेलमा उनको नाम काटिएन । उनी ओपन स्ट्राइकरमा अत्याधिक राम्रो खेल खेल्थे । 

उनले २०७२ सालमा झापाको जामुनखाडीमा भएको क्षेत्रीय स्तरको खेलमा ताप्लेजुङ जिल्ला भलिबल टिमबाट खेल्न सम्म भ्याएका थिए भने गत १२ गते मात्रै सम्पन्न भएको मेयर कपमा उनी सम्मिलित सिरिजङ्गघा गा।पा। दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । 

 सबैसँग मिजासिलो पाराले कुरा गर्ने, जोक गरि रहने उनलाई गएराति मृत्युले जोक ग¥यो ।  उनको घर नजिकै निर्माणाधीन हप्पी खोला ढल तथा निकास परियोजनामा विगत केही समय यता उनी सहित उनका साथीहरू काम गर्दै आईरहेका थिए । 

सो परियोजनामा काम गर्दै साँझ निर्माण सामाग्री हेरचाह गर्ने स्टोर किपरको काम गर्थे । हिजो साँझ पनि दिनभरी सोही परियोजनामा काम गरे । परियोजना नजिकै स्थानीय रन बहादुर चौहान को घर छ । चौहानको घरको छेवैमा काम गरेर विश्राम गर्ने कटेज छ । 

कटेजमा साथिहरुसँग मुकेश पनि दिनभरीको थकाई मेटाउन बसिरहेका थिए । वर्षायाम एक्कासि मेघ गर्जन सहित मुसलधारे पानी प¥यो । केही समयसम्म कटेज मै ओत लागेर बसे । पानी रोकिनुको साटो झन् झन् ठुलो पर्दै गयो । कटेजले थेग्न नसकेर भित्रै सम्म पुग्यो पानी । बिहान देखि साँझसम्म खानेपानी परियोजनामा काम गरेर थकित मुकेशलाई लुथ्रुक्क हुनेगरि भिजायो ।

थप पानीबाट जोगिन उनी साथिसहित कटेज छेवैमा रहेको रन ब।चौहानको घरतर्फ दौडिए । चौहानको घरको सिकुवामा पाईला राखेका मात्र के थिए उनी माथि चटयाङको बज्र भयो ।  बज्रलाई थेग्न नसकेर मुकेश ढले । गडयाङगुडुङ सहितको अत्याधिक ठुलो वर्षाका कारण साथै चौहानको घरमा दुग्धडेरी सहितको पसल भएकाले मान्छेहरुको उपस्थिती बाक्लो थियो । 

चटयाङ लागेको खबर गा.पा. भरी फैलियो । अचेत अवस्थमा ढलेका मुकेशलाई स्थानियले गाडिको व्यवस्था गरेर नजिकैको तेल्लोक प्राथमीक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे ।  सिरिजङघा गा.पा. भलिबल क्लबमा टिम क्याप्टेन राम घतानीलाई पनि खबर पुगेको थियो । 

क्याप्टेन घतानीले भने, ̎आफुले नै गाईड गरिरहेको प्यारो भाईलाई चटयाङ लागेको खबर साथीहरुबाट पाए । आफु तेल्लोक मै रहेकोले तत्काल अस्पतालमा ल्याउन घटनास्थलका साथीहरुलाई लगाए । डाक्टर सहित अक्सिजन लगायत आवश्यकीय सामाग्री तयारी अवस्थामा राखेर स्वास्थ्य केन्द्रमा बसेउ । करिब ८ː४५ तिर  भएको घटना मुकेशलाई तेल्लोक अस्पताल पु¥याउदा लगभग १० बजी सकेको थियो । अस्पताल पु¥याएको पाँच मिनेटपछि स्वास्थ्यकर्मीले मुकेश मृत रहेको घोषणा गरिदिए । ̎ 

मुकेश फेरि पहिले झै उठेर आउने झिनो आशा सहित मुकेशलाई लिएर अस्पतालसम्म पुगेका उनका आफन्त र साथीहरुको सपना पलभर मै समाप्त भयो भने मुकेशको राष्ट्रिय खेलाडी भएर देशलाई विश्वसामु चिनाउने सपना अधुरो रह्यो । सिङ्गो गा।पा। मात्रै नभएर जिल्ला नै शोक मग्न  बनाएर मुकेश सदाका लागि ढले ।

मुकेशलाई गाईड गर्ने टिम क्याप्टेन राम घतानी भन्छन्, ̎गा.पा. ले मात्रै नभएर जिल्ला र समग्र राष्ट्रले एक आशा लाग्दो खेलाडी गुमायो ।  उनको खेलप्रतीको लगाव, सबैसँगको सरल साथै मिजासिलो व्यवहार, सँधै अरुलाई डोमिनेट नहुने गरि उनले गर्ने जोकले उनलाई हामीले पल पल सम्झि रहनेछौ । ̎ मुकेशसँगै सोहि टिममा खेल्ने अर्का खेलाडी सुजन घतानी यो सब सपना भै दिए हुन्थ्यो भन्छन् । 

उनले भने, ̎ १२ गते ताप्लेजुङ्गमा भएको मेयरकप सँगै खेलेर दोस्रो स्थान हासिल ग¥यौं । तत्काल काठमाडौं फर्किनु पर्ने थियो तर गा.पा. ले सम्मान गर्ने खबर आयो मुकेश र म सँगै गाउँ फर्किएउ । मुकेशले भन्थ्यो यो पटक यस्तै भयो अर्को पटक गा।पा। सँग समन्वय गरेर क्याम्पीयन चलाउनु पर्छ । अर्कोपटक मेयरकप जित्नपर्छ है । हुन्छ गर्नपर्छ है भन्दै म आफ्नो अध्ययनले गरेर काठमाडौं फर्किए । छुटेको दुईदिन पछि आज बिहानै उस्ले संसार छोडेको दुखːद खबर आयो ।  यो सब सपना भै दिए हामी फेरिअर्को पटक मेयरकप सँगै खेल्ने थियौं । ̎ भलिबल खेलेर विश्वसामु देश चिनाउने मुकेशका सपनाका पाईला त्यो रातको अबिरल वर्षा सहित भएको चटयाङ्गको बज्रपात सँगै सदाका लागि रोकिए ।


प्रतिक्रिया दिनुहोस्