स्थानीय तह निर्वाचन : ताप्लेजुङमा कुन दलको अवस्था कस्तो ? २०७४ को मतपरिणाम सहित

एलिना दियाली
ताप्लेजुङ । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ जिल्लाका राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी, लिम्बूवान, जनमुक्ति पार्टी लगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार ताप्लेजुङमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्व जोगाउनुपर्ने चुनौती छ भने काँग्रेस लगायतका दलहरु एमालेको वर्चश्व तोडेर आफू स्थापित हुने दाउमा देखिन्छन् । एक नगरपालिका र ८ गाउँपालिका सहित ९ स्थानिय तह रहेको ताप्लेजुङमा राजनीतिक हिसाबमा एक संघिय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । मुख्यतया तीन दलको प्रतिष्पर्धा रहेको ताप्लेजुङमा २०७४ को निर्वाचनलाई नियाल्दा फुङ्लिङ नगरपालिकामा भने काङ्ग्रेस र माओवादीले गठबन्धन गरेर चुनावमा भाग लिएका थिए । नगर प्रमुखमा संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका किर्तीमान मादेनले ७८८ मत, नेपाली काँग्रेसका केशव प्रसाद दाहालले ३,६०६ मत, स्वतन्त्र उम्मेद्धार खगेन्द्र पोर्तेलले १० मत, अर्का स्वतन्त्र उम्मेद्धार छविन्द्र गुरुङले १७ मत प्राप्त गर्दा एमालेका छत्रपति प्याकुरेलले ३,८९५ मत प्राप्त गर्दै नगर प्रमुखमा विजयी भएका थिए ।

त्यस्तै गरि उपाध्यक्षमा माओवादी केन्द्रका बम बहादुर भट्टराई (तारा) विजयी भएका थिए भने १ र २ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको थियो । ३ नम्बर अध्यक्षमा नेपाली काँग्रेस र सदस्यमा एमालेका चार जना विजयी भएका थिए । त्यसैगरी, ४ नम्बर अध्यक्षमा माओवादी, सदस्यमा दुई सदस्य एमाले र दुई सदस्य काँग्रेसका विजयी भएका थिए भने ५ नम्बर वडामा अध्यक्ष सहित तीनन सदस्य एमाले र एक सदस्य काँग्रेसका, ६ नम्बर वडामा काँग्रेसको प्यानलै विजयी भएको थियो । ७ नम्बर वडामा अध्यक्ष सहित एक सदस्य काँग्रेस र तीन सदस्य एमालेबाट विजयी भएका थिए भने ८ नम्बर वडामा अध्यक्ष सहित दुई सदस्य काँग्रेस र दुई सदस्य एमालेबाट विजयी भएका थिए । त्यस्तै गरि ९ नम्बर वडामा पनि अध्यक्ष सहित दुई सदस्य काँग्रेस र दुई सदस्य एमालेबाट, १० नम्बर वडामा अध्यक्ष सहित तिन सदस्य एमाले र एक जना सदस्य काँग्रेसबाट, ११ नम्बर वडामा अध्यक्ष सहित एक सदस्य माओवादी र तिन सदस्य एमालेबाट विजयी भएका थिए ।

आठराई त्रिवेणी गाँउपालिका अध्यक्षमा बालचन्द्र आङबुहाङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५६० मत, लक्ष्मी बहादुर यक्सो ने.क.पा. एमाले २,२१४ मत, नेपाली काँग्रेस विश्वनाथ सिटौला २,२२७ मत प्राप्त गरेर गा.पा. अध्यक्षमा विजयी भएका थिए । त्यस्तै गा.पा. उपाध्यक्षमा एमालेकी मन्जु पौडेल (भट्टराई) विजयी भएकी थिईन् । पाँच वटा वडा रहेको आठराई त्रिवेणी गा.पा.मा १ र २ नम्बर वडामा काँग्रेसको प्यानल नै विजयी भएको थियो भने ३ र ४ नम्बरमा एमालेको प्यानल नै विजयी भएको थियो । ५ नम्बरमा अध्यक्षमा माओवादी केन्द्र र सदस्यहरुमा माओवादीका दुई एमालेका दुई जना विजयी भएका थिए ।

फक्ताङ्लुङ गाँउपालिका अध्यक्षमा मनि प्रसाद लिम्बु १,६६५ मत , राष्ट्रिय प्रजातन्त्र पार्टीका मोतीलाल लिम्बुले ३१ मत, माओवादी केन्द्रका लक्ष्मी प्रसाद लिम्बु (आवाज) ८२८, नयाँ शक्ति पार्टीका श्रीप्रसाद लिम्बु ८८ मत, एमालेका सरोज लिम्बुले १,९९८ प्राप्त गर्दै अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा एमालेकै फुलमाया लिम्बु विजयी भएकी थिईन । १ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्र, त्यस्तै गरि सदस्यहरुमा माओवादीका दुई र नेपाली काँग्रेसबाट दुई जना विजयी भएका थिए । २ नम्बरमा एमालेको प्यानलनै विजयी भएको थियो भने ३ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेस, सदस्यहरुमा नेपाली काँग्रेस तीन र एमालेका एक जना सदस्य विजयी भएका थिए । ४ नम्बर नेपाली काँग्रेसको प्यानलनै विजयी भएको थियो । त्यस्तै गरि ५ नम्बर वडा अध्यक्ष सहित तीन जना सदस्य एमाले र एक जना नेपाली काँग्रेसका सदस्य विजयी भएका थिए । ६ नम्बर अध्यक्ष सहित तीन सदस्य एमाले र नेपाली काँग्रेसका एक जना सदस्य विजयी भएका थिए । ७ नम्बर अध्यक्ष सहित दुईजना सदस्य नेपाली काँग्रेस, एक जना सदस्य एमालेबाट विजयी भएका थिए भने दलित महिला वडा सदस्यमा उम्मेरद्धार नै नपरेको जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको तथ्याङ्कमा देखाईएको छ ।

मिक्वाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उद्धित प्रेरी मुदेनछङ (उजाड)ले २३१ मत, नेपाली काँग्रेसका भत्त बहादुर कार्कीले १,४५९ मत, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्चका राज कुमार साँवाले ७८ मत, स्वतन्त्र उम्मेद्धार होम प्रकाश लिम्बुले १७ मत प्राप्त गर्दा एमालेका राम कुमार साँवा लिम्बुले १,४८४ मत प्राप्त गर्दै प्रमुख प्रतिद्धन्दी काँग्रेसका भत्त बहादुर काकीलाई २५ मतको झिनो मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । त्यस्तै गरि उपाध्यक्षमा नेपाली काँग्रेसबाट रुद्र कुमारी प्राराङदेन साँवा विजयी भएकी थिईन । १,२ र ३ नम्बर वडामा नेपाली काँग्रेसको प्यानलै र ४ नम्बरमा एमालेको प्यानलै विजयी भएको थियो । ५ नम्बरमा अध्यक्ष सहित एक सदस्य नयाँ शत्ति पार्टी र एमालेका दुई जना सदस्य विजयी भएका थिए भने दलित महिला सदस्यमा कुनै पनि उम्मेद्धारी नपरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

मेरिङदेन गाउँपालिका अध्यक्षमा एमालेका मंगल सिंह केदेमले २,१८५ मत, संघीय लोकतान्त्रिक मञ्चकी रुपा चोङबाङले ७१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका गणेश बहादुर लिम्बुले २,३०० मत प्राप्त गर्दै विजयी भएका थिए भने उपाध्यक्षमा एमालेकी कल्पना तुम्बाहाम्फे विजयी भएकी थिईन् । १,३,र ६ नम्बर वडामा एमालेको प्यानलै विजयी भएको थियो भने २ नम्बरमा अध्यक्ष सहित दुई सदस्य एमाले र काँग्रेसबाट दुई सदस्य विजयी भएका थिए । त्यस्तै गरि ४ र ५ नम्बरमा काँग्रेसले प्यानलै विजयी भएको थियो ।

मैवाखोला गा.पा.अध्यक्षमा नेपाली काँग्रेसका डम्बर बहादुर लिम्बुले १,२१९ मत, माओवादीका नविन वनेमले ८६९ मत, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कुमार लिम्बुले ४९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनु कुमार नेवारले ३७ मत प्राप्त गर्दा एमालेका राजन कुमार थक्लुङले १,८१८ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै गरि उपाध्यक्षमा एमालेबाट नै कौशीला थक्लुङ विजयी भएकी थिईन । १,२,३,५ र ६ नम्बरमा एमालेको प्यानल विजयी भएको थियो भने ४ नम्बरमा अध्यक्ष सहित तिन सदस्य एमाले र एक काँग्रेसका सदस्यमा विजयी भएका थिए ।

याङवरक गा.पा. अध्यक्षमा संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्चकी मेलिना मादेनले २२१ मत, नेपाली काँग्रेसका राम बहादुर लिम्बुले २१८१ मत प्राप्त गर्दा एमालेका केशर कुमार सुब्बा २५१७ मत प्राप्त गर्दै विजयी भएका थिए भने उपाध्यक्षमा एमाले कै रनमाया गुरुङ विजयी भएकी थिईन । १ र २ नम्बरमा एमालेको प्यानल विजयी भएको थियो भने ३ नम्बरमा अध्यक्ष सहित दुई सदस्य काँग्रेस र दुई सदस्य एमालेका विजयी भएका थिए । ४ नम्बरमा काँग्रेसको प्यानलै, ५ नम्बरमा अध्यक्ष सहित एक सदस्य एमाले र अन्य तिन जना काँग्रेसका सदस्य विजयी भएका थिए । ६ नम्बरमा अध्यक्ष सहित तिन सदस्य एमाले र एक जना सदस्य काँग्रेसका विजयी भएका थिए ।

सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमालेका मान बहादुर राईले २,२९३ मत प्राप्त गर्दा काँग्रेसका नर बहादुर कडरिया २,५३७ मत प्राप्त गर्दै विजयी भएका थिए भने उपाध्यक्षमा माओवादीका जीबन कुमार ताम्लिङ्ग विजयी भएका थिए ।

१,२ र ४ नम्बरमा एमालेको प्यानल, ३ नम्बर अध्यक्ष सहित एक जना सदस्य काँग्रेस र अन्य तिन सदस्य एमालेका विजयी भएका थिए । ५ नम्बरमा अध्यक्ष सहित एक सदस्य काँग्रेस, दुई एमाले र एक जना सदस्य माओवादीका विजयी भएका थिए । ६र ७ नम्बरमा काँग्रेसको प्यानलै विजयी भएको थियो ।

सिरिजङ्घा गा.पा. अध्यक्षमा एमालेका अनन्त कुमार साँवाले २,१४७, माओवादीका तेज सम्सेर भट्टराईले १,८७८ मत प्राप्त गर्दा काँग्रेसका टीकाराम गुरुङले २,३७८ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै उपाध्यक्षमा काँग्रेस कै ज्ञानमाया चौहान विजयी भएकी थिईन ।

१ र ३ नम्बरमा एमालेको प्यानलै विजयी भएको थियो भने २, ७ र ८ नम्बर काँग्रेसको प्यानलै विजयी भएको थियो । ४ नम्बरमा अध्यक्षमा माओवादी, तिन सदस्य काँग्रेस र एक सदस्य संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विजयी भएका थिए । त्यस्तै गरि ५ नम्बरमा अध्यक्ष सहित दुई सदस्य काँग्रेस र दुई सदस्य माओवादीबाट विजयी भएका थिए । ६ नम्बरमा अध्यक्ष सहित एक सदस्य काँग्रेस, दुई सदस्य एमाले, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विजयी भएका थिए ।

ताप्लेजुङमा मुख्य रुपमा तिन पार्टीको प्रतिष्पर्धा हुने आँकल गरिएको भएपनि २०७४ को निर्वाचनलाई हेर्दा विशेष गरि एमाले र काँग्रेस कै बिचमा प्रतिष्पर्धा भएको देखिन्छ ।

एक नगरपालिका सहित पाँच गा.पा. प्रमुखमा एमाले र ४ गा.पा.प्रमुखमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै पहिलो र दोस्रो पार्टीका रुपमा आफुलाई उभ्याउन सफल भएका थिए भने कुनैपनि पालिका प्रमुख विजयी हाँसिल गर्न नसकेपनि प्राप्त मतभारका आधारमा माओवादी तेस्रो स्थानमा रह्यो । उपप्रमुखमा ५ पालिकामा एमाले, दुई काँग्रेस र दुई माओवादीले विजयी हासिल गरेका थिए । २९ वडा अध्यक्ष एमाले, २६ काँग्रेस, ५ माओवादी र एक वडा अध्यक्ष नयाँ शत्ति पार्टीले विजयी हासिल गरेको थियो । पालिका प्रमुख सहित १८६ एमाले, पालिका प्रमुख सहित १३० काङ्ग्रेस, पालिका उपप्रमुख सहित १९ माओवादी, २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, २ नयाँ शत्ति पार्टीबाट विजयी भएका थिए । यसरी २०७४ को निर्वाचनलाई हेर्ने हो भने आगामी वैशाख ३० गते हुने निर्वाचनमा फेरी पनि मुख्य रुपमा एमाले र काँग्रेस विचमा नै प्रतिष्पर्धा हुने देखिन्छ भने माओवादीको भुमिका भने निर्णायक बन्नेछ । सबैको चासोको रुपमा रहेको ताप्लेजुङको एक मात्रै नगरपालिका रहेको फुङलिङ नगरपालिका गत २०७४ को निर्वाचनमा एमाले र माओवादी बिच गठबन्धन हुँदा एमालेका उम्मेद्धार छत्रपति प्याकुरेल काँग्रेसका केशव प्रसाद दाहाललाई २८९ मतले हराउँदै नगर प्रमुखमा विजयी भएका थिए । जिल्ला भरि जितेको पद संख्यालाई जोड्ने हो भने पालीका प्रमुख सहित एमालेले १११ पद, पालिका प्रमुख सहित काँग्रेससले ७९ पद, पालिका उपप्रमुख सहित १३ पदमा माओवादी, नयाँ शत्ति पार्टीले एक वडा अध्यक्ष सहित तिन पदमा र संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चले २ सदस्यमा विजयी भएका थिए ।

यसरी हेर्ने हो भने २०७४ को निर्वाचनमा एमाले बिभाजन भएको थिएन भने कतिपय स्थानमा माओवादीसँग गठबन्धन गरेको थियो भने कतिपय ठाँउमा माओवादी र काँग्रेसले तालमेल गरेर चुनावमा चरनावमा होमिएका थिए । अहिलेको तत्कालिन अवस्थामा नेकपा एमाले फुटेर माधव नेपालको नेतृत्वमा नेकपा एस पार्टी छ भने माओवादीले आगामी वैशाखमा हुने निर्वाचनमा एमालेसँग गठबन्धन गर्न सक्ने सम्भावना कम देखिन्छ । आगामी निर्वाचनमा काँग्रेस, माओवादी, र नेकपा एसले गठबन्धन गरेको खण्डमा एमालेलाई भने एक्लै चुनावी मैदानमा होमिन सकस हुने देखिन्छ । तर पनि ताप्लेजुङ जिल्लाको हकमा कतिपय ठाँउमा एमाले र माओवादीको समेत गठबन्धन गरेर चुनावमा जाने कसरत भईरहेको स्रोतलेबताएको छ । कुल मतदाता संख्या ७०,७७९ रहेको ताप्लेजुङमा गत निर्वाचनमा ५०,२१६ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्