५५ वर्षदेखि नाङ्गै बसेका व्यक्तिलाई प्रशासनले दिलायो नागरिकता

उदयपुर, ४ फागुन । जिल्ला प्रशासन कार्यालय उदयपुर कटारीले ५५ वर्षदेखि नाङ्गै बसिरहेका एक व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । बौद्धिक अपाङ्ग भई ५४ वर्षदेखि खोरमा थुनिएर रहेका तर्कबहादुर खत्रीलाई प्रशासन कार्यालयले नेपाली नागरिकता दिलाएको हो । कटारी नगरपालिका–१ कालीखोलाका तर्कबहादुर बोल्न, नसुन्ने नसक्ने मात्र होइन २ दशकदेखि बाख्रा खोरमा बस्दै आएका थिए ।

सञ्चारमाध्यममा उनीबारेको समाचार आएपछि कार्यालयले उनलाई राखिएको खोरमै पुगेर नागरिकता दिएको हो । विहीबार इलाका प्रशासन कार्यालय कटारीले उनलाई कालीखोलास्थित थुनिएको खोरमै पुगेर नागरिकता प्रमाणपत्र दिएको छ । सधै नाङ्गै खोरमा थुनिएर बस्ने उनको बारेमा खवर पाएपछि इप्रका प्रमुख सुनिल पौडेल घरमै पुगेर नागरिकता दिएको बताए । उनलाई नागरिकता दिलाउन नातामा भान्जा पर्ने महेश बस्नेतले केही दिनअघि इलाका प्रशासन कार्यालय आएर पौडेलसँग आग्रह गरेका थिए । बस्नेतको आग्रह अनुसार कार्यालय सहयोगी महेन्द्र आचार्यलाई लिएर घरमै गई खत्रीलाई नागरिक्ता दिएको पौडेलले बताएका छन् ।

‘बोल्न नसक्ने, कपडा बिनै बस्ने बौद्धिक अपाङ्गले नागरिकता नपाएको खवर आयो’ पौडेलले भने ‘त्यसपछि विवरण र फोटो मगाएर उनको घर खोज्दै गए, खोरबाट निकालेर औठाछाप लगाएर नागरिक्ता प्रमाणपत्र थमार्इ दिएँ ।’ उनलाई देख्दा अचम्म लागेको पौडेलले बताए ‘उनको अवस्था देख्दा मान्छे कस्तो कस्तो भएर बस्दा रहेछन् भन्ने लाग्यो ।’

२०२० साल माघ २ गते जन्मेका तर्कबहादुरको बाबु ०६४ र आमा ०६७ मा बितेपछि पालनपोषण भाइ चेवनबहादुर खत्रीले गर्दै आएका छन् । गरीव र बिपन्न खत्री परिवार सामान्य खेती किसानीबाट गुजारा गर्दै आएको छ । राम्रोसँग बोल्न नसक्ने, कान कम सुन्ने भाई चेवनले दाजुलाई खोरमै लगेर खाना दिने, खोरमै दिसा पिसाब गराउने गरेको र बेलाबेला आफैले सफा गरिदिने गरेको बताए ।
अपाङले भत्ता पाउने थाहा पाएर तर्कबहादुरको नागरिकता बनाउन लगाइएको हो । अपाङ्ग भत्ता पाउँछन् भन्ने सुनेर नागरिक्ता बनाउन उनका भान्जा महेश कार्कीलाई इप्रका कटारी पठाएको दिदी इन्द्रकुमारीले जानकारी दिइन्् । ‘आमा–बुबा बितेपछि कान्छो भाइको सहारामा बिजोग भएर बसेको छ’ इन्द्रकुमारीले सुनाइन् ‘अपाङ्गले पनि भत्ता पाउँछन् रे भन्ने सुनेर छोरोलाई मामाको नागरिकता बनाई दिन लगाएँ । नभन्दै सरहरुले घरमै नागरिक्ता ल्याई दिनुभयो ।’

जन्मजात बोली नफुटेको तथा बाल्यकालमा लुगा नलगाएका उनी युवाअवस्थामा पनि लुगा लगाई दिंदा फालिदिने गरेपछि नाङ्गै थुनेर राख्नु परेको उनकी दिदी इन्द्रकुमारी कार्कीले जानकारी दिएकी छन् । उनी जाडो–गर्मी बाह«ैमास नाङ्गै बस्छन् । खोटाङको साविक डिकुवा गाविस–७ मा जन्मिएका उनको परिवार ०४६ सालमा बसाई सरेर कटारी कालीखोला आएको हो । इन्द्रकुमारीका अनुसार नबोल्ने तथा लुगा नलगाउने गरेकाले लोकलाजकै कारण परिवारले खोरमा थुनेर राख्नुपरेको हो ।

तर्कबहादुरलाई थुनेर राख्न थालेको ४०(४५ भयो । ‘घरमै राख्दा बुहारी, छिमेकी महिलाहरु आउजाउ गर्दा असहज भएपछि थुनेर राख्नु परेको दिदी इन्द्रकुमारी बताउँछिन् ।’ बौद्धिक अपाङ्गतासँगै मानसिक रोगी पनि रहेका उनको हेरचाह गर्ने भाइ चेवन पनि मजाले बोल्न र कान सुन्न सक्दैनन् । ३ भाइमध्येका माइला उनी कान्छा भाइसँग छन् । जेठा अलग्गै बसेका छन् । आर्थिक अवस्था कमजोर र बाल्यकालदेखि नबोल्ने भएकाले उनको उपचार गर्नेतर्फ पनि परिवारको ध्यान नगएको दिदी इन्द्रकुमारी बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961