काँग्रेस प्रदेश एकको भौतिक, पूर्वाधार तथा यातायात विकास विभागको संयोजकमा केदेम चयन

विराटनगर । नेपाली काँग्रेस प्रदेश नम्बर १ ले ईन्द्र केदेमलाई भौतिक पूर्वाधार तथा यातायात विकास विभागको संयोजकको जिम्मेवारी प्रदान गरेको छ । सोमबार बसेको काँग्रेस प्रदेश नम्बर १ को बैठकले पार्टीका प्रदेश सदस्य केदेमलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । 

पूर्वाधारको विकास निर्माणका सम्बन्धमा पार्टीका तर्फबाट आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नेगरी केदेमलाई संयोजक बनाउने निर्णय भएको हो । बैठकले अन्य विभिन्न विभागहरू समेत बनाएको छ ।

केदेम केही महिना अघि सम्पन्न प्रदेश अधिवेशनबाट पार्टीको प्रदेश कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । सामाजिक कार्यमा समेत सक्रिय केदेम सफल निर्माण व्यवसायी समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्