जसपा ताप्लेजुङद्धारा प्रारम्भिक चरणको उम्मेद्धारी घोषणा

ताप्लेजुङ । आगामी वैशाख ३० मा हुन गै रहेको स्थानिय निकायको निर्वाचनका लागि राजनीतिक दलको चहलपहल सुरु भएको छ ।

सोही अन्तरगत जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले निर्वाचनको लागी प्रारम्भिक चरणको उम्मेद्धारी घोषणा गरेको छ । सोमबार जिल्ला अध्यक्ष कीर्तिमान मादेनको अध्यक्षता र केन्द्रिय सदस्य कुमार साम्योको उपस्थितिमा भएको बैठकमा एक नगरपालिका सहित तिन गाउँपालिकाको लागी जसपाले उम्मेद्धारी घोषणा गरेको हो ।

जसपाले फुङलिङ नगरपालिका प्रमुखको लागि प्रदीप मादेन, उपप्रमुखको लागि प्रज्ञा ईजम लिम्बु, १ नंं. अध्यक्षमा सुक बहादुर लिम्बु, २ नंं. अध्यक्षमा दुर्गा प्रसाद लिम्बु, त्यस्तैगरि ३ नंं. अध्यक्षमा ईन्द्र कुमारि हेल्लोक पालुङ्गा, ४ नंं. अध्यक्षमा लोकेन्द्र तुम्बाहाम्फे, ५ नंं. अध्यक्षमा अशोक विश्वकर्मा, ६ नंं. अध्यक्षमा भरत कुमार गुरुङ्ग, ७ नंं. अध्यक्षमा कर्ण पालुङ्वा, ९ नंं. अध्यक्षमा दिपेश मादेन र १० नंं. अध्यक्षमा श्रीहाङ तवेवुङको उम्मेद्धारी घोषणा गरेको छ भने ११ नंं. वडाको भने उम्मद्धारी घोषणा गर्न बाँकी रहेको जसपाले जनाएको छ ।

त्यस्तै फक्ताङलुङ्ग गा.पा. अध्यक्षमा श्री लिङखिम, २ नंं. अध्यक्षमा शुरेस अनछङवो, ४ नंं. अध्यक्षमा गोपाल साँवाको नाम घोषणा गरेको छ भने उपाध्यक्ष सहित अन्य वडाको भने नामवाली घोषणा गर्न बाँकी रहेको छ । पाथीभरा याङवरक गा।पा। अध्यक्षमा सरन तामाङ, ३ नम्बर सरोज कङलिवा लिम्बुको नाम घोषणा गरेको छ भने उपाध्यक्ष सहित अन्य वडाको नामावली घोषणा गर्न बाँकी रहेको छ ।

मिक्वाखोला गा.पा. अध्यक्षमा डिल्लीहाङ्ग साँवा २ नम्बर अध्यक्षमा सुर्य प्रसाद बस्नेत र ४ नम्बर अध्यक्षमा गोपाल साँवाको नाम घोषणा गरेको छ भने उपाध्यक्ष सहित अन्य वडा साथै बाँकी रहेका स्थानिय तहको नामवली विस्तारै घोषणा गर्दै जाने जसपा जिल्ला अध्यक्ष किर्तीमान मादेनले बताए ।

नेपाली काँग्रेस सहितको पाँच दलिय गठबन्धनमा रहेको जसपाले सम्मानजनक साझेदारी नभए एक्लै चुनावमा भाग लिने वा अन्य राजनीतिक शक्तिसँग साझेदारी गरेर जाने भन्ने विषय खुल्ला राखिएको समेत जसपा जिल्ला अध्यक्ष मादेनले बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961