कविताको हत्यामा उनकै साथीको सम्लग्नता

काठमाडौ । उदयपुरकी १५ वर्षीया कविता सुनुवारको हत्या उनकै साथीको सम्लग्नतामा भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । कविता र उनकी केटी साथी सहकक्षी बीचको झगडाको क्रममा कविताको हत्या भएको प्रहरीले दाबी गरेको छ । आजै मात्र प्रहरीले कविताको हत्या गरेको अभियोगमा एक पुरुष र एक छात्रालाई पक्राउ गरेको थियो । बियरको बोतल र ढुंगा प्रहार गरेर कविताको हत्या गरेको अभियोगमा बिनोद ढकाल र एक नाबालिग पक्राउ परेका छन् । पक्राउ परेकी नाबालिग कवितासँगै एउटै विद्यालयमा अध्ययनरत थिइन् ।

प्रहरीले नाबालिग र कविताबीच धेरै अगाडीदेखिनै मनमुटाब भएको बताएको छ। सोही कारण काकाको छोरा विनोदसँग मिलेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनीहरु तीनजना ट्युशन पढ्न सँगै गएका र बाटोमा पुगेपछि विवाद बढ्दै जादा कविताको हत्या गरिएको हो । विनोद बहिनीलाई पुर्याउन भन्दै गएका थिए ।

ट्युशन पढ्न गएकी सुनुवारको शव घोप्टो परेको अवस्थामा यसोधा खोलाको डिलमा भेटिएको थियो । शव भेटिएपछि स्थानीय र आफन्तहरुले सुनुवारको हत्या गरेको भन्दै छानबिन गर्न माग गर्दै नाराबाजी गर्दै आएका छन् । मृतक सुनुवार श्री कोशी जनता उच्च मावि रामपुरमा कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालय जान निस्किएकी सुनुवारको आज बिहान हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको कविता अध्ययनरत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण साहले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961