भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट पुष्टि

एजेन्सी । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ । मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो ।

बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो । जसमध्ये २२८ जना ओमिक्रोनबाट संक्रमित भएको भेटिएको छ। तीमध्ये एकजना एक्सई र अर्को एकजना काप्पा भेटिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो ।

एक्सई भेरियन्टबाट संक्रमित व्यक्तिमा कुनै गम्भीर लक्षण देखिएको छैन । भारतमा ओमिक्रोन भेरियन्टको प्रभाव डेल्टाको जस्तो नदेखिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्