सिंगापुर पुलिस छोडेर फर्किएका मुक्ति पालिका अध्यक्ष बन्ने दौडमा,‘भन्छन् गाउँ बनाउने योजना बोकेर फर्किएको हुँ’

एलिना दियाली
तााप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नम्बर ४ ईखाबु,साप्चुङवामा जन्मिएका नाम कुमार लिम्बु (मुत्ति)ले प्राथमिक तहको अध्ययन स्थानीय रानि प्रा.वि. मा गरे । त्यसपछि निम्न माध्यमिक तहको पढाई ताप्लेजुङ जिल्लाको सदमुकाम स्थित भानु माध्यमिक विद्यालयमा गरे । बुवाले ३ वर्षको उमेरमा छोडेका उनलाई आमाले दैनिक ज्यालादरीमा हुर्काइन्। आमाको दुːख बुझेका उनलाई परिवारको आर्थिक अवस्था सुधार गर्नुपर्ने जिम्मेवारी आईलाग्यो ।

त्यसका लागि उनले एउटै मात्रै बाटो देखे लाहुरे बन्ने । सोहि अनुसार मेहेनत गरे । अन्ततː सिंगापुर पुलिसमा नाम निकाल्न सफल भएपनि । वि.सं. २०५८ सालमा सिंगापुर पुलिसमा भर्ती भएर काम गर्न सुरु गरे । उनि भन्छन्, ‘सिंगापुरको विकास देखेर म गम्भिर भएर सोच्न थाले । म जस्ता युवाहरु विदेश बसेर देश कस्ले बनाउने ? यहि सोचाईले २७ वर्षसम्म जागिर अवधि भएपनि १५ वर्षमा नै अवकास लिएर स्वदेश फर्के ।’

राजनीतिक यात्राː
सिंगापुर रहेको समयमा नेपालमा क्रान्ति भै रहेको स्थितिमा पुर्वको लिम्वुवान मुत्ति मोर्चामा केन्द्रिय सदस्य रहेर राजनीति सुरु गरेका लिम्बु २०७३ सालमा जागिरबाट अवकास लिएर स्वदेश आए पश्चात सोही साल भदौ २४ मा भएको केन्द्रिय सम्मेलनमा ताप्लेजुङ काठमाडौं गणतान्त्रिक मञ्चको कोषाध्यक्षमा निर्वाचित भए । २०७४ सालमा वाईसिएल नेपाल गैर भुगोल प्रदेश एक समन्वय समितिको अध्यक्ष भएर काम गरे ।

२०७५ सालमा वाईसिएल नेपालको ताप्लेजुङ जिल्ला ईन्चार्र्ज भएर ताप्लेजुङ फर्केका उनि पार्टि एकता भएसँगै युवा संघ नेपाल र वाईसिएल नेपाल मर्ज भएर राष्ट्रिय युवा संघ नेपाल भयो जसको सहईन्चार्ज सँगै नेकपाको जिल्ला कमिटि सदस्य भए । पार्टी फुटेपछि फेरी वाईसियल जिल्ला ईन्चाज मै रहेर काम गरे । त्यसपछि माओवादीको गत मंसिर ११ मा देशव्यापी भएको पालिका सम्मेलनमा उनि फत्ताङलुङ गा.पा. अध्यक्षमा रहेर काम गरिरहेका छन् ।

सामाजिक गतिविधि ː
उनि राजनीतिक सँगै समाज सेवामा पनि अग्र पंत्तिमा देखिन्छन् । उनले नेपाल आएकै वर्ष २०७४ साल वैशाख १ गते नयाँ वर्षको अवसर पारेर ताप्लेजुङ जिल्लाबासी जो देश तथा विदेशमा समस्यामा परेका हुन्छन् उनिहरुलाई सहयोग तथा उद्धार गर्ने उद्देश्यले ताप्लेजङ काठमाडौ युवा समाजको संस्थापक अध्यक्ष रहेर काम गर्दै आईरहेका छन् । विशेष गरि कोरोना भाईरसपछि भएको लकडाउनमा घर फर्किन नपाएर काठमाडौंमा समस्यामा परेका, विदेशी भुमिमा विभिन्न कारणले अलपत्र परेका ताप्लेजुङबासीलाई सहयोग तथा उद्धार गर्न सहयोग गर्दै आएका छन् ।

त्यति मात्रै नभएर उनले विधार्थीलाई जाडोको समयमा समेत विद्यालय आउन सहज होस भन्नका निम्ति फत्ताङलुङ गा.पा.को रानि प्रा.वि.मा ट्रयाक सुट सहित शैक्षिक सामाग्री वितरण,ताप्लेजुङको एक मात्र पाथीभरा बहुमुखि क्याम्पसका अध्ययनरत न्युन आर्थिक स्तर भएका सय जना बिधार्थीलाई उनि सम्मिलित टिमले एक वर्षसम्मको लागि लाग्ने शुल्कमा जिम्मेवारी लिने लगायत राजनीतिक सँगै सामाजिक कार्यमा पनि सक्रिय रुपमा काम गरिरहेका छन् । लिम्बुको पहलमा संघ र प्रदेश सरकारको सहयोगमा सोहि गा.पा.को शेवालुङ मा.वि.मा आईसिटी ल्याब र लाईबेरी स्थापना भई संचालनमा रहेको छ ।

योजना ː
फत्ताङलुङ गा.पा. बासीको जीवनस्तर उकास्न पाँच वर्षे कार्य योजना बनाएर काम गर्ने उनको योजना रहेको छ । विभिन्न जातजातीको संस्कार संस्कृती एवं धार्मिक क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासको लागि, विश्वको तेस्रो अग्लो कञ्चनजङघा हिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रचारप्रसार गर्ने, गा.पा.भित्र निर्माणाधीन जल विधुत आयोजनामा जनताको शेयर लगानी गरेर स्थानियको जिवनस्तर उकास्न काम गर्ने योजना समेत उनले बताए ।

मिजासिलो स्वभावका मुत्तिले वर्तमान समयमा युवाहरु वैदिशिक रोजगारका लागि पलायन भैरहेका छन् त्यस्लाई रोकथाम गर्न युवामुखी कार्यक्रम संचालन गर्ने, महिला तथा कृषकलाई उचित सहुलियत साथै प्राविधिक एवं व्यवसायिक खेतीमा जोड दिने बताए ।
उनि शिक्षा र स्वास्थ्यको उचित विकास र विस्तार गर्न सकिए मात्रै गाउँ एवं देशको विकास हुन सक्ने बताउँछन् । उनि भन्छन्, ‘मैले गा।पा। घुमे विद्यालयहरु हेरे सबै बालबालिका शिक्षाको पँहुचमा नभएको पाए । स्वास्थ्य संस्था हेरे त्यहाँ विरामीहरु उपचार नपाएर अकाल मै ज्यान देखे त्यहि भएर समग्र गा।पा।को शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि केहि गर्न पर्छ भन्ने भएर नै अध्यक्षमा उम्मेद्धारी दिने निर्णय गरेको छु ।’

आफ्नो ठाउँको विकास गर्न युवा नै नेतृत्वमा आउनुपर्ने भन्दै उनले धेरैबाट पाएको सल्लाह, सुझाव र हौसलाबाट थप उत्साहित भएको बताए । उनले भने, ‘म लिन आएको हैन दिन आएको हुँ । लिन आउने भए सुविधा सम्पन्न ठाउँ र भने जस्तै तलव छोडेर गाउँ फर्कीने थिईन । मेरा साथीसँगै सिंगापुर मै हुन्थे । विदेशी भुमिमा आफुले देखेको सिकेको ज्ञान र अनुभवलाई प्रयोग गरेर आफ्नो गाउँ बनाउने सपना र योजना बोकेर गाउँ फर्किएको हुँ ।’ साथै उनको खेलको माध्यमद्धारा गा.पा.को विकास गर्न रंगशाला निर्माण गर्ने योजना, र जनताको समस्यालाई बुझेर जन चाहना अनुसार काम गर्ने योजना रहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस्