२० देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको हो ।

सिफारिस गरिएका राजदूतमध्ये ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ छन् । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

सिफारिस गरिएका राजदूतमा जनता समाजवादी पार्टी (जसपा) बाट प्राडा रामस्वार्थ राय (डेनमार्क) र नवराज सुवेदी (साउदी अरेबिया) रहेका छन् । यसैगरी एकीकृत समाजवादीबाट मिलन तुलाधर (रुस), कैलाशराज पोखरेल (अस्ट्रेलिया) र डिल्लीराज पौडेललाई (कतार वा मलेसिया) का लागि सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्रबाट विष्णु पुकार श्रेष्ठ चीनका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै परराष्ट्र सेवाबाट सुशीलकुमार लम्साल, दुर्गाबहादुर सुवेदी ढजापानण, निर्मला काफ्ले, भरतकुमार रेग्मी, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।


प्रतिक्रिया दिनुहोस्