नेयमार र एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जीतमा

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सन्ट जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ । पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६-१ को शानदार जित हात पारेको हो ।

गेब्रियल मोन्टपाइड स्टेडियम पिएसजीलाई जित दिलाउन नेयमार र केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे । घरेलु टोलीका लागि जोडेल डोसोउले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । १९ औं मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा डोसोउले घरेलु टोलीलाई २(१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत व्यत्तिगत दोस्रो तथा पिएसजीका लागि तेस्रो गोल गरे ।

७४ र ८० औं मिनेटमा एम्बाप्पे गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछि पाहुना टोली ५-१ ले अघि बढ्यो । ८३ औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरेपछि पिएसजीले ६-१ को फराकिलो जित निकाल्यो ।

जितसँगै शीर्ष स्थानको पिएसजीले ३१ खेलमा ७१ अंक जोड्दा पराजित क्लेरमोन्ट समान खेलबाट २८ अंकका साथ १७ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्