बैशाख १ गतेदेखि सार्वजनिक यातायातमा नयाँ भाडादर, कति किलोमिटर कति ?

काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो ।

मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको हो । मन्त्रालयले ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटर माथि ३८ रुपैयाँ भाडा कायम गरेको छ ।

यसअघि ५ किलोमिटर सम्मको १८ रुपैयाँ, १० किलोमिटरसम्मको २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ २० किलोमिटर सम्म २० रुपैयाँ र २० किलोमिटर भन्दा माथीको ३५ रुपैयाँ भाडा रहेको थियो ।

यस्तै ट्याक्सीको हकमा भने फ्लाग डाउन ५० रुपैयाँ तोकिएको छ भने प्रति २०० मिटरको भाडा ९ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ बनाइएको छ । यस्तै प्रतिक्षा शूल्क वापत एक मिनेटको १।२० कायम गरिएको छ । भने प्रतिक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरिएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि हुन थालेपछि यातायात व्यवसायीहरुले भाडा समायोजनको माग गरेको थिए ।


प्रतिक्रिया दिनुहोस्