पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएका छन् ।

मन्त्री शर्माले सोमवार (आज) दिउँसो ४ बजे मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । मन्त्रालयले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागेको भने पनि मन्त्री शर्माले आफ्नो बचाउ गर्न पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

अर्थमन्त्री शर्माको सिफारिसमा गत बिहीवारको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । बिना आधार अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्