एमाले मिक्वाखोला गा.पा.को अध्यक्षमा ५ जनाको दावी


ताप्लेजुङ । नेकपा एमालेले मिक्वाखोला गाउँपालिका अध्यक्षमा टुङ्गो लगाउन सकेको छैन । आकाङ्क्षी धेरै भएर सहमति जुट्न नसकेपछि पाँच जनाको नाम जिल्ला कमिटी समक्ष सिफारिस गरेको छ । सिफारिस हुनेहरु मध्ये पहिलो नम्बरमा हरि प्रसाद थलङ, त्यसपछि क्रमशः दिवस लिवाङ, निमा तेन्जी शेर्पा, ज्योती शेर्पा र कमल पुरी रहेका छन् । यस अघि ७ जनाको दावी भएपनि आशा लिम्बु र लक्ष्मी प्रसाद थलङले दावी फिर्ता लिएपछि पाँच जनाको नाम जिल्ला कमिटी समक्ष सिफारिस गरेको हो ।

गा.पा. उपाध्यक्षमा भने मिना कुमारी केदेम सर्वसम्मत चयन भएकी छन् । उनि ०७४ को निर्वाचनमा काँग्रेसकी रुद्र कुमारी साँवासँग झिनो मतले पराजित भएकी थिईन । साँवाले १,४८९ मत प्राप्त गर्दा केदेमले १,३८२ मत प्राप्त गरेकी थिईन ।

एमालेले गा.पा. अध्यक्षमा नाम टुङ्गो लगाउन नसकेपनि पाँचै वडाको अध्यक्षको भने नाम टुङ्गो लगाएको छ । जस अनुसार १ नम्बर वडा अध्यक्षमा झरेन्द्र प्रसाद थापा, २ नम्बर वडामा राम कुमार फेम्सोङ लिम्बु, ३ नम्बरमा मचिन्द्र कुमार लिम्बु, ४ नम्बरमा भिम बहादुर थलङ, र ५ नम्बर वडामा आइतबिर साबा सर्वसम्मत चयन भएका छन् ।

केन्द्रमा जेसुकै भएपनि स्थानीय स्तरमा अन्य राजनीतिक दलहरुसँग यथासम्भव आवश्यकता अनुसार चुनावी तालमेल गरेर जाने बाटो खुल्ला भएकोले सबै वडाको सदस्यहरुको भने नाम टुङ्गो लगाउन बाँकी राखेको एमालेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961