थप २६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ । मन्त्रालयका अनुसार सो अवधिमा ३७ जना डिस्चार्ज भएका छन् ।

यससँगै सक्रिय संक्रमितको संख्या ५५४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्