कांग्रेसद्धारा फुङलिङ नगर प्रमुख र उपप्रमुख उम्मेद्धार सिफारिसका लागि निर्वाचन


ताप्लेजुङ । नेपाली कांग्रेसले आगामी वैशाखमा हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्धार सिफारिसका लागि निर्वाचन गरेको छ । काँग्रेसले पार्टी भित्र सहमति हुन नसके पछि निवार्चन प्रक्रियाबाट प्रमुख र उपप्रमुखको उम्मेद्धार सिफारीस गरेको हो । तिन जना बिच निर्वाचन हुँदा नगरप्रमुखको उम्मेद्धारका लागि अमिर मादेनले ४६ मत प्राप्त गर्दै उम्मेद्धार सिफारिस भएका छन् । उनका प्रतिष्पर्धी सुरेश सिंघकले ३८ र पदम पालुङ्वाले ३२ मत प्राप्त गरेका थिए ।

त्यस्तै नगर उपप्रमुखमा ४४ मत प्राप्त गर्दै माला पालुङ्वा उम्मेद्धार बन्न सफल भएकी छन् । उनका प्रतिष्पर्धी उमा गुरुङले ४१ र मिना गुरुङले २९ मत प्राप्त गरेपनि उम्मेद्धार बन्न भने सकेनन् ।

एक नगरपालिका सहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा पाँचदल बिच चुनावी गठबन्धन गरेर जान सहमतिको प्रयास भईरहेको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्