माओवादी केन्द्रको चुनावी पोस्टरबाट हट्यो कुलमानको तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रचारका लागि तयार पारिएको पोस्टरबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहितको चुनावी पोस्टर सार्वजनिक गरेका थिए ।

केही समयपछि उक्त तस्बिर हटाइएको छ । पुनः फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ । आफ्नो तस्बिर राखिएपछि घिसिङले हटाउन आग्रह गरेका थिए । तस्बिरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्