यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ७ निर्णय, यूएसआईडीबाट प्राप्त हुने ६५९ मिलियन डलर अनुदान स्वीकार

काठमाडौं । मन्त्रिपरिषदले गत चैत ३० गते गरेका निर्णयहरु आज सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषदले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन डलर (करिब १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसआईडी) बाट प्राप्त हुने ६५९ मिलियन डलर (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद् गरेको छ ।

मन्त्रिपरिषद् फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्ने निर्णयसहित विभिन्न ७ वटा निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्