एमालेले प्राप्त गरेको सफलतामा हाम्रो पहिलो हक लाग्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने बताए ।

‘(सत्ता गठबन्धनको) सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन् । हामीले एमालेको नाउँमा भाग लिएका छौं, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो’ उनले भने, ‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ ।’

अरु दलले चाहेर पनि नेकपा एमालेका कार्यकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै नेता नेपालले एमालेले जितेको पालिकामा एकीकृत समाजवादीका उम्मेदवारले मात्र जित्न सक्ने दावी गरे ।


प्रतिक्रिया दिनुहोस्