गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, धोका दिन मिल्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले कांग्रेस जिम्मेवार पार्टीको रुपमा परिचित रहेको भन्दै पार्टी र गठबन्धनको निर्णयअनुसार सहयात्री दलहरूलाई धोका दिन नमिल्ने बताएका हुन् ।

मैले त ओलीले संसद् विघटन गर्दा नै चुनावमा जाऔँ भनेकै हुँ । त्यो बेला सबैले गठबन्धन भनेर मलाई त्यस्ता लगेको हो । म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको हुँ,’ बैठकमा देउवाले बोलेको उदृत गर्दै सहमहामन्त्री किशोरसिंह राठोरले भने, ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ, अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’

प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्