दुई खर्बको पेट्रोल आयात, व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुग्यो

काठमाडौं । चालु आवको हालसम्म झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

व्यापार घाटा बढाउने एउटा प्रमुख कारकका रूपमा पेट्रोलियम पदार्थ पनि देखिएको छ । चालु आवको फागुन मसान्तसम्म व्यापार घाटा मात्रै ११ खर्ब ६० अर्ब ९९ करोड रूपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिका कारण गत फागुन मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीती ७.१४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिती ७.५१ प्रतिशत पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण अर्थतन्त्रमा चाप परेको स्वीकार गरेका छन् । देशभित्र पेट्रोलियम पदार्थ उत्पादन नहुने तथा ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर आयात गर्नु पर्दा सरकारको ढुकुटीमा समेत दबाव पर्न जान्छ ।


प्रतिक्रिया दिनुहोस्