गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

काठमाडौं  । सत्तारुढ गठबन्धनले भोलि सोमबारसम्म महानगर र उपमहानगरको
विषयमा टुंगो लगाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको
गठबन्धनको बैठकमा सो सहमति भएको हो।

गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर
समाचार आइरहेका बेला गठबन्धनले भोलि ठोस कार्ययोजनासहितको निर्णय गर्ने
बताएको हो। त्यसैगरी बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र
गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने पनि निर्णय गरेको छ।

सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको
प्रयासको समीक्षा गरेको छ। काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष
नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी बिहानको बैठक
टुंगिएको हो।


प्रतिक्रिया दिनुहोस्