भारतमा फेरी बढ्यो कोरोना, २ हजार बढिमा संक्रमरण पुष्टि

एजेन्सी । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोना भाइसको संक्रमण फैलिन थालेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट २ हजार १८३ जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ९८५ जना संक्रमित निको भएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुने आँकडा पनि बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा थप २१४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ५४२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्