गठबन्धनको बैठक निष्कर्षविहीन, फेरी बस्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

बैठक आजै फेरि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।

यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्