सम्मानजनक प्रस्ताव नआए पोखरामा जसपा एक्लै चुनाव लड्ने

काठमाडौं । पोखरामा सत्ता गठबन्धनका दहरुबीच निर्वाचनमा तालमेल गर्ने विषय पेचिलो बन्दै गएको छ । सत्ता साझेदार दलको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको साथै जतना समाजवादी पार्टीले पनि पोखरा महानगरमा मेयर पदको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मेयरमा सघाएकाले यसपाली आफूले पाउनु पर्ने दाबी गरेको छ । एकीकृत समाजवादीले पनि पोखरा महानरपालिकाको मेयर आफूले नै पाउनुपर्ने दाबी गरिरहेको छ ।

यसैअनुसार तयारीमा समाजवादी पार्टी छ । मुख्य साझेदार नेपाली कांग्रेसले आफ्नो पार्टीका मतदाता धेरै भएकाले पोखरा महानगरमा आफ्नो पार्टीले नै मेयर पद पाउनुपर्ने भन्दै दबाब दिन यसै साता कास्की कांग्रेसका जिल्ला सभापतिसहित प्रदेशका मन्त्री, पूर्वसंघीय मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंमा भेटेर फर्किएका छन् ।

यसबीच जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाँडमा आफूहरुको सम्मानजनक उपस्थिति नभए एक्लै निर्वाचनमा जाने बताएको छ । पोखरामा आइतबार साँझ सत्ता गठबन्धनका नेताहरुको बैठकमा भागबण्डाको अंक नमिल्दा बैठक निष्कर्षबिहीन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्