भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन, ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि ! : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई भरतपुरकै मेयर चाहिने भन्ने नभएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये एउटा माओवादी केन्द्रलाई पर्नु पर्ने बताएका हुन् ।

‘भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन । गठबन्धनमा ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि ! काठमाडौंमा दिए नि ठिक, विराटनगर दिए नि ठिक, भरतपुर हुन्न भन्ने भए पनि सहमत,’ उनले भने ।

भरतपुरमा माओवादी केन्द्रले जितिरहेको भन्दै उनले कांग्रेसले पनि माओवादी केन्द्रलाई नै दिनुपर्छ भनिरहेको बताए । तर, केही(केहीलाई मात्र त्यस्तो नलागेको हुन सक्ने उनले बताए ।

प्रचण्डले एमाले र राप्रपाप्रति इंगित गर्दै भने, ‘एउटा गठबन्धन होली(वाइन वाला र राजावादी प्रतिगामीहरुको अर्को गठबन्धन संविधान रक्षा गर्नेहरुको हो ।’

प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकार र गठबन्धन संविधान रक्षा गर्न बनेको समेत दावी गरे ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961