महानगरमा गठबन्धनबीच सहमति : ३ कांग्रेसलाई, माओवादी, जसपा र एसको भागमा एक-एक वटा

काठमाडौं । सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार देशका ६ वटा महानगरपालिकामध्ये कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।


प्रतिक्रिया दिनुहोस्