ताप्लेजुङमा गठबन्धनले लगायो सिट बाँडफाँडको टुङ्गो, कुन पार्टीको भागमा कुन पालिका ? प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २१:४९ ताप्लेजुङ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय निकायको निर्वाचनको लागि ताप्लेजुङमा पनि सत्तासाझेदार राजनीतिक नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादी (एस) बिच साझेदारी गरेर चुनाव भाग लिने सहमति भएको छ । बुधबार साँझ पत्रकार सम्मेलन गर्दै तिन दल बिच चुनावी तालमेल गरेर जाने सहमति भएको जानकारी दिएको हो । काँग्रेस जिल्ला सभापति तथा गठबन्धन वार्ता समिति संयोजक गजेन्द्र तुम्याङले विज्ञप्ती वाचन गर्दै बाँडफाँड भएको जानकारी दिएका हुन । जस अनुसार फुङलिङ नगरपालिका प्रमुख सहित ३,४,६,७,८ र ९ नं. वडा अध्यक्ष ,आठराई त्रिवेणी गा.पा अध्यक्ष सहित वडा नं. १,२ र ४ अध्यक्ष, मैवाखोला गा.पा. उपाध्यक्ष सहित ३,४ र ६ नं. वडा अध्यक्ष काँग्रेसको भागमा परेको छ । त्यस्तै मिक्वाखोला गा.पा. अध्यक्ष सहित १,२,३, र ४ नं. वडा अध्यक्ष काँग्रेस, फक्ताङलुङ गा.पा. उपाध्यक्ष सहित ३,४,५,६ र ७ नं. वडा अध्यक्ष, मेरिङदेन गा.पा. अध्यक्ष सहित १,२,४ र ५ नं. वडा अध्यक्ष, पाथीभरा याङवरक गा.पा. अध्यक्ष सहित १,३,४ र ६ नं. वडा अध्यक्ष काँग्रेसको भागमा परेको छ । साथै सिदिङवा गा.पा. अध्यक्ष सहित २,३,५,६ र ७ नं. वडा अध्यक्ष, सिरिजङ्घा गा.पा. अध्यक्ष सहित २,५,६,७ र ८ नं. वडा अध्यक्ष काँग्रेस कै भागमा परेको छ । त्यस्तै माओवादीको भागमा फुङलिङ नगर उपप्रमुख सहित वडा नं. ५,१० र ११ अध्यक्ष, आठराई त्रिवेणी गा.पा. उपाध्यक्ष सहित वडा नं. ५ अध्यक्ष, मैवाखोला गा.पा. अध्यक्ष सहित १ र ५ नं. वडा अध्यक्ष, मिक्वाखोला उपाध्यक्ष सहित ५ नं. वडा अध्यक्ष, फक्ताङलुङ गा.पा. अध्यक्ष सहित १ र २ नं. वडा अध्यक्ष परेको छ । पाथीभरा याङवरक गा.पा. उपाध्यक्ष सहित २ र ५ नं. वडा अध्यक्ष, सिदिङवा गा.पा. उपाध्यक्ष सहित ४ नं. वडा अध्यक्ष साथै सिरिजङ्घा गा.पा. उपाध्यक्ष सहित १,३ र ४ नं. वडा अध्यक्षको भाग माओवादीलाई परेको छ । साथै नेकपा एसको भागमा फुङलिङ नगरपालिकाको १ र २ नं. वडा अध्यक्ष, आठराई त्रिवेणी गा.पा. ३ वडा अध्यक्ष, मैवाखोला गा.पा. २ वडा अध्यक्ष सहित एक जना जिल्ला समन्वय समिति सदस्य, मेरिङदेन गा.पा. उपाध्यक्ष सहित वडा नं. ३ र ६ अध्यक्षको भाग परेको छ । त्यस्तै सिदिङ्वा गा.पा. वडा नं. १ अध्यक्ष एस कै भागमा परेको छ । समग्र जिल्लामा एक नगर प्रमुख, ७ गा.पा. अध्यक्ष, दुई उपाध्यक्ष र ३९ वडा अध्यक्षमा नेपाली काँग्रेस, एक नगर उपप्रमुख , २ गा.पा. अध्यक्ष, ५ गा.पा.उपाध्यक्ष र १५ वडाको अध्यक्षमा माओवादी, र एक गाा.पा. उपाध्यक्ष सहित ७ वडा अध्यक्ष नेकपा एसको भागमा परेको छ । गठबन्धनले २० पटक अनौपचारिक र ७ पटक औपचारिक छलफल गरेर सहमति भएको काँग्रेस जिल्ला सभापति तथा गठबन्धन वार्ता समिति संयोजक तुम्याङले बताए । तिन दलको सहमति भएको भने पनि नेकपा एसका नेता भने सो पत्रकार सम्मेलनमा उपस्थिति थिएनन् । नेकपा एस चै किन उपस्थित भएन भन्ने पत्रकारको प्रश्नमा वार्ता संयोजक तुम्याङले भने,‘नेकपा एस हिजै वार्ताबाट बाहिरिएको भएपनि आंशिक सहमति भएको आधारमा एसको लागि सिट छोडिएको हो । उहाँहरु सहमतिमा आउनुहुन्छ भन्नेमा विश्वस्त छौं यदि सहमतिमा नआईकन एक्लै चुनावमा होमिने उहाँहरुले निर्णय गर्नुभयो उहाँहरुलाई छोडेको सिटमा फेरि काँग्रेस र माओवादीले मिलाएर चुनावमा भाग लिन्छ ।’