सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा विस्फोट हुँदा एक जनाको निधन भएको छ ।

औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको निधन भएको हो । उक्त विस्फोटमा अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

सिलिन्डरमा अक्सिजन भर्ने क्रममा ग्यास लिक भई ग्यास विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरुलाई पाटन अस्पतालमा उपचारको लागि लागिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्