स्थानीय तहको निर्वाचनमा ५० लाख बढी मत एमालेलाई : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा ५० लाख बढी मत आफुहरुले ल्याउने दावी गरेका छन् ।

अघील्लो चुनावमा ३२ लाख मत ल्याएको बताउँदै उनले यो पटक नयाँ थपीएका ३६ ला मतदाता मध्ये २० लाख आफ्नै पक्षमा रहेको दावी गर्दै उनले ५० लाख बढी आफुहरुले मत ल्याउने बताएका हुन् ।

प्रेस चौतारी नेपाल झापा शाखाले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला नेताहरुले निशिचत स्वार्थका लागि बनाएको गठबन्धनको विरोध त्यहि भित्रका दलबाट भएकोले त्यसको त्यो असन्तुष्ट समुहलाई समेत अटाउन सक्ने गरि एमालेलेले आफ्नो रणनिती बनाइरहेको उल्लेख गरेका छन् ।

यदी त्यसो गर्न सकिएमा देशभरनै एमाले गठबन्धनलाई परास्त गर्ने छ । साथै यहि स्थानीय तहको चुनावको परिणामलाई आफ्नो जग बनाएर आगामी प्रदेश र केन्द्रको चुनाव पनि जीतेर एमालेको नेतृत्वमा सबै तहका सरकार बनाएर जन अपेक्षा अनुसार काम गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्