कुटपिटबाट एक महिलाको मृत्यु

ताप्लेजुङ। कुटपिटबाट ताप्लेजुङमा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–११ की ४४ बर्षीया मेनुका सार्कीको छिमेकीको कुटपीटबाट मृत्यू भएको हो ।

बैशाख २ गते बिहान स्थानीय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले मेनुकालाई कुटपिट गर्दा घाईते भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको हो ।

मेनुकाको मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्