पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्धारा राजीनामाको घोषणा 

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राजीनामाको घोषणा गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्ष पदमै उम्मेदवार दिने भएका कारण उनीहरूले  राजीनामाको घोषणा गरेका हुन् । 

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधीस प्रकाश राउत र पाथीभरा याङ्वरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले राजीनामाको घोषणा गरेका हुन् । 

नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेका सुब्बा र गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा क्रमशःअध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । एमालेले फेरी पाथीभरा याङ्वरकमा सुब्बा र गुरुङलाइनै अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961