गठबन्धनबीच सहमति नजुटेपछि उदयपुरका २ नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले छुट्टै उम्मेदवारी दिने

काठमाडौं । गठबन्धनबीच सहमति नजुटेपछि उदयपुरका दुइटा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसले छुट्टै उम्मेदवारी दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको गठबन्धनको बैठकले जिल्लाको चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा कांग्रेसले छुट्टै उम्मेदवार र बाँकी चार दलले साझा उम्मेदवार उठाउने सहमति जुटेको हो ।

त्रियुगा नगरपालिकाको हकमा भने हिजै बसेको बैठकमा सहमति जुटेको थियो । त्रियुगामा पनि कांग्रेसले छुट्टै र चार दलले साझा उम्मेदारी दिने भनिएको छ ।

उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । बाँकी ६ वटा स्थानीय तहको हकमा भने सहमति जुट्न सकेको छैन ।

छलफलमा सहभागी एक नेताले माओवादीले चारमध्ये एउटा नगरपालिकामा दाबी गरेको तर कांग्रेसले दिन नमानेका कारण सहमति जुट्न नसकेको जनाए ।


प्रतिक्रिया दिनुहोस्